सिमकोट गाउँपालिकामा स्वागत छ ।

नेपालको ६ नम्बर प्रदेश नम्बर अन्तर्गत पर्ने हुम्ला जील्ला कर्णली अञ्चलको मध्य- पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने कर्णली अञ्चलको सिमकोट गाउँपालिका  उतर पश्चिम भागमा अवस्थित छ । नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम कायम भएका गाउँपालिका, नगरपालिका मध्ये एक हो । जैविक विविधता र पहाडहरुले  घेरेको सिमकोट  गाउँपालिकामा साविक गा.वि.स. हरु सिमकोट, वरगाउँ, ठेहे, डाँडाफया,स्याँडा (१, २, ३, ७, र ८) सिमकोट गाउँपालिकाको भु-भाग ओगेटेर बनेको यस  गाँउपालिकाको कुल क्षेत्रफल ७८५.८९ र  जनासंख्य ११५५७ राष्ट्र जनगणना २०११ को अनुसार र वर्ग किलोमिटर रहेको रसिमकोट गाउँपालिकाको  कुल जसको केन्द्र सिमकोट रहेको छ । जम्मा ८  वडाहरुमा विभाजन गरिएको यस गाँउपालिकाको सिमाना पूर्व र दक्षिणमा खार्पुनाथ गाँउपालिका, पश्‍चिम र उत्तरमा नाम्खा गाउँपालिका,रहेको भौगोलिक र प्रशासनिक बनोट रहेको छ । विविधतापूर्ण जातीय पहिचान रहेको  यस गाँउपालिकाको कुल जनसंख्या ३५००  र मतदाता संख्या ११२६६ छ । निर्वाचन पश्‍चात जनप्रतिनिधिहरुको पदबहाली पहिलो पटक २०७४ जेष्ठमा सम्पन्‍न भई, सम्पूर्ण वडा कार्यालयहरु अस्थायी रुममा स्थापना भएर जनप्रतिनिधिद्धारा प्रभावकारी सेवा प्रवाह कार्य भईरहेको छ।