FAQs Complain Problems

सिमकोट गाउँपालिकाको संक्षिप्त परिचय

नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्लाको उत्तर पश्‍चिम भाग मा सिमकोट गाउँपालिका अवस्थित रहेको छ l नेपालको संविधान धारा २९५ को उपधारा (३) वमोजिम कायम भएका स्थानिय तहहरु मध्ये सिमकोट गाउँपालिकापनि एक हो l यस गाउँपालिकाको पूर्व र दक्षिणमा खार्पुनाथ गाँउपालिका, पश्‍चिम र उत्तरमा नाम्खा गाउँपालिका,रहेको छन् । साविकका ५ गा.वि.सहरु सिमकोट, वरगाउँ, ठेहे, डाँडाफया,स्याँडा मिलेर बनेको यस गाउँपालिका मा ८ आठ वडाहरु रहेका छन् l राष्ट्रिय जनगणन २०६८ (सन २०११) अनुसार यस गाउँपालिकाको जनसंख्या १५७२७ रहेको छ भने कूल मतदात ६६३२ हेकाछन् l सुन्दर प्रकृतिक वनोट , जैविक विविधताले भरिपूर्ण र विविधतापूर्ण जातिय पहिचान रहेको यस गाउँपालिकाको क्षेत्रफल ७८५.८९ वर्ग कि.मी रहेको छ l स्थानिय तह गठन पछिको पहिलो निर्वचन सम्पन भई स्थायी र अस्थायी कार्यलयहरुमा निर्वाचित जनप्रतिनिधीहरु वाट प्रभावकारी सेवा प्रवाह भइरहेको छl सदरमुकाममा अवस्थित यस गाउँपालिका ले प्रविधिमैत्री सेवामा जोड दिई छिटो र छरितो सेवा प्रदान गरिरहेको छl